थाहा नगरपालिका–१० टौखेलमा एक महिनाअघि दुर्घटनामा घाइते युवकको निधन

२०८२ भदौ १६ गते सोमवार,थाहा दैनिक 

थाहा नगरपालिका–१०, टौखेलमा करिब एक महिना अघि भएको मोटरसाइकल दुर्घटनामा गम्भीर घाइते भएका अमिर गोपालीको उपचारका क्रममा निधन भएको छ। बा.प्र. ६६ प २३५२ नम्बरको मोटरसाइकल आफैं चलाइरहेका गोपाली अनियन्त्रित भई सडक किनारमा पार्क गरिएको ना.७ ख ४२७६ नम्बरको ट्रकमा ठोक्किएपछि गम्भीर घाइते भएका थिए। दुर्घटनापछि उनलाई तत्कालै अस्पताल भर्ना गरिएको थियो। तर स्वास्थ्यमा सुधार नआएपछि अन्ततः उनको मृत्यु भएको परिवार स्रोतले जनाएको छ।उनको असामयिक निधनले परिवार, आफन्त र समुदायमा शोकको छायाँ छाएको छ।
शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना प्रकट गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना गरिएको छ।