विद्यादेवी भण्डारीको कडा अडान : “म माझ किराँतकी छोरी हुँ खुट्टा कमाउँदिनँ” 

२०८२ साउन ६ गते मंगलबार ,थाहा दैनिक 

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले एमालेको नेतृत्वमा आफू दाबी छाड्न तयार नरहेको स्पष्ट संकेत दिएकी छिन्। भंगालस्थित आफ्नै निवासमा पत्रकारसँग कुराकानी गर्दै उनले भनिन्, “म माझ किराँतकी छोरी हुँ, खुट्टा कमाउँदिनँ।” यो भनाइले भण्डारीको राजनीतिक पुनरागमन मात्र होइन, उनको दृढता र आत्मविश्वास पनि झल्किएको छ।१४ असारमा सक्रिय राजनीतिमा फर्किएको घोषणा गरेपछि एमालेभित्रको शक्ति सन्तुलन असन्तुलित बन्दै गएको छ। अध्यक्ष केपी शर्मा ओली र भण्डारीबीच टकराव सतहमा आउन थालेको छ। ओलीले भण्डारीको पुनरागमनलाई रोक्न नेताहरुलाई निर्देशन दिएको चर्चा छ, भने भण्डारी पक्षधरहरूले खुला समर्थन जनाउन थालेका छन्।एमालेको केन्द्रीय कमिटी बैठकमा भण्डारीको नेतृत्वमा समर्थन र विरोध दुवै स्वर चर्किएको छ। अध्यक्ष पदमा दाबी गरेसँगै पार्टीभित्रको प्रतिस्पर्धा थप चर्किएको छ।भण्डारीको अडानले एमालेको आगामी महाधिवेशन मात्र होइन, समग्र नेतृत्व संरचनामा नै नयाँ मोड ल्याउने संकेत देखिएको छ। अबको लडाइँ केवल पदको हैन, विचार, अडान र हैसियतको पनि बन्ने देखिन्छ।