सुमना श्रेष्ठद्वारा रास्वपा त्याग: “मैले पार्टी छोडेँ, मनलाग्दी गर्नुहोस्”

२०८२ भदौ २९ गते आइतबार,थाहा दैनिक 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेतृ तथा पूर्व शिक्षामन्त्री सुमना श्रेष्ठले पार्टी परित्याग गरेकी छन्। उनले पार्टीको केन्द्रीय सदस्यहरूको समूहमा सन्देश पठाउँदै आफू अब रास्वपाको हिस्सा नरहेको स्पष्ट पारिन्। श्रेष्ठले पार्टीमा “गल्ती स्वीकार नगर्ने प्रवृत्ति” हावी भएको आरोप लगाउँदै लेखेकी छन्, “कहिल्यै गल्ती नस्वीकार्ने। गल्तीमाथि गल्ती गरिरहने र त्यसको बोझ सबैले बोकिदिनुपर्ने।”
आफूलाई खुलेर आक्रमण गर्न पनि सहज बनाएको भन्दै उनले भनिन्, “अब खुला रूपमा आक्रमण गर्ने हो भने पनि सजिलो बनाइदिएको छु। मनलाग्दी चलुन्जेल मनलाग्दी गर्नु होला। मैले पार्टी छोडेँ।”श्रेष्ठको आरोप छ कि पार्टीले देशभन्दा माथि पार्टी र नेताको हितलाई राख्न थालेको छ। “जहिलेदेखि पार्टीले देशभन्दा माथि पार्टी र पार्टीभन्दा माथि नेतालाई राख्न थालेको हो, त्यतिबेलादेखि नै आलोचना गर्दै आएकी हुँ। तर त्यसले केही फरक पारेन,” उनले लेखेकी छन्।उनका अनुसार आफू आलोचनामा उत्रंदा उल्टै “मिडिया ट्रायल” को शिकार हुनुपरेको थियो, जुन आफूस्वीकार्य नभएको बताइन्।यसअघि श्रेष्ठले फेसबुक लाइभमार्फत प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारले आफूसँग कुनै परामर्श नगरेको भन्दै सरकारमा सहभागी नहुने घोषणा गरेकी थिइन्।