रवि लामिछानेको निवेदनमाथि बहस सकियो, आदेश लेखन जारी

२०८२ साउन २६ गते सोमबार,थाहा दैनिक 

रास्वपाका सभापति रवि लामिछानेले बुटवलको सुप्रिम सहकारी ठगीसम्बन्धी मुद्दाको बिगो दाबी जमानत राखेर थुनामुक्त हुन माग गरेको निवेदनमाथिको बहस सकिएको छ।

रुपन्देही जिल्ला अदालतमा न्यायाधीश नारायण सापकोटाको इजलासमा बहस सकिएको हो । रवि लामिछानेका तर्फबाट अधिवक्ता डा नारायण कँडेल लगायतले बहस गरेका थिए । उनका अनुसार बहस सकिएर अहिले न्यायाधीश आदेश लेखनमा लागेका छन् ।
लामिछानेले आफ्नो भागमा पर्ने बिगो बराबरको रकम जमानत राखेर थुनामुक्त हुन पाउँ भन्दै दिएको निवेदनसँग जमानत पनि बुझाइसकेका छन् ।