‘ग्लोबल हिरो अवार्ड यस वर्ष ज्ञानेन्द्र शाही र कुलमान घिसिङलाई’

थाहा दैनिक न्युज डेक्स,काठमाडौं

२०८२ साउन ०२ गते शुक्रबार  

राष्ट्र निर्माण र जनसेवामा उल्लेखनीय योगदान दिएको भन्दै सम्मान

स वर्षको ग्लोबल हिरो अवार्ड सांसद ज्ञानेन्द्र शाही र नेपाल विद्युत प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङलाई प्रदान गरिने भएको छ। संयुक्त राज्य अमेरिकाको न्यूयोर्कमा ग्लोबल नेपाली द्वारा आगामी जुलाई २७ मा आयोजना हुने विशेष समारोहमा उनीहरूलाई सम्मान गरिने आयोजकले जानकारी दिएको छ।ग्लोबल नेपालीले प्रत्येक वर्ष नेपालमा विभिन्न क्षेत्रबाट राष्ट्र निर्माणमा विशेष योगदान पुर्‍याउने व्यक्तित्वहरूलाई सम्मानस्वरूप यो अवार्ड प्रदान गर्दै आएको छ।रष्ट्रिय राजनीतिमा सक्रिय राप्रपाका सांसद शाही भ्रष्टाचारविरुद्धको अभियान, सुशासनको माग र जनजीविकाका मुद्दामा निरन्तर आवाज उठाउँदै आएका छन्।
त्यस्तै, पूर्वप्रमुख कार्यकारी निर्देशक घिसिङलाई नेपालको लोडसेडिङ अन्त्यमा पुर्‍याएको नेतृत्वदायी भूमिकाको लागि जनस्तरमा उच्च सम्मान दिइन्छ।उनीहरू दुवैलाई राष्ट्र सेवामा पुर्‍याएको अतुलनीय योगदानको कदरस्वरूप अवार्ड प्रदान गर्न लागिएको आयोजकको भनाइ छ।