“रिङमा रविन्द्रको दबदबा, भारतमा गुँजियो नेपाली जीत”

२०८२ साउन १८ गते आइतबार ,थाहा दैनिक

भारतलाई पराजित गर्दै नेपालका रविन्द्र धान्तले म्याट्रिक फाइटनाइट १७ (एमएफएन १७ ) को उपाधि जितेका छन्। भारतमा भएको प्रतियोगितामा भारतका च्याम्पियन चुनरेङ कोरेनलाई पराजित गर्दै नेपालका धान्त बान्टमवेट च्याम्पियन बनेका हुन्। नेपालबाट एमएफएनको च्याम्पियन बन्ने धान्त पहिलो नेपाली फाइटर हुन्। आक्रमक फाइटिङ रेस्लिङको नामले प्रसिद्ध मिक्स मार्सल आर्ट्(एमएमए) मा धान्तले तेस्रो राउन्डमा भारतका कोरियनलाई पराजित गर्दै उपाधि जितेका हुन्। रेफ्रीले तेस्रो राउन्डमा धान्तले प्रहार गरेको लगातारको प्रहारले कोरेन संकटमा परेपछि रेफ्रीले फाइट रोक्दै रविन्द्रलाई टिकेओद्वारा विजेता घोषित गरेका हुन्।यो जितसँगै रविन्द्रको प्रफेसनल रेकर्ड ८-१ पुगेको छ। उनले भारतीय च्याम्पियन रहेका कोरेनको लगातारको पाँच पटकको विजेता जर्नीमा रविन्द्रले पुर्णविराम लगाइदिएका हुन्।